आत्मनिर्भर लघुवित्तको नाफा ६८.९२ प्रतिशतले वृद्धि, खराब कर्जा बढेर कति पुग्यो ?

बिजमाण्डू
२०८२ बैशाख १६ गते १०:४० | Apr 29, 2025
आत्मनिर्भर लघुवित्तको नाफा ६८.९२ प्रतिशतले वृद्धि, खराब कर्जा बढेर कति पुग्यो ?

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था खुद नाफामा बढाउन सफल भएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा संस्थाको खुद नाफा ६८.९२ प्रतिशतले बढेको छ।

Tata
GBIME

कर्जा नोक्सानी घटेर ब्याज आम्दानी बढ्दा लघुवित्तको खुद नाफामा सुधार भएको हो। चैतसम्म लघुवित्तले कर्जा नोक्सानीबापत १ करोड २८ रुपैयाँ प्रोभिजनिङ गरेको छ।

चैत मसान्तसम्म लघुवित्तले २ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। पोहोर यसै अवधिमा लघुवित्तले १ करोड २७ लाख रुपैयाँ नाफा गरेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी १४.०३ प्रतिशतले बढेको छ। खराब कर्जा ११.९४ प्रतिशतबाट बढेर १५.०८ प्रतिशतमा पुगेको छ।

लघुवित्तको कस्ट अफ फन्ड ७.८० प्रतिशतबाट बढेर ७.८२ प्रतिशत पुगेको छ।