
काठमाडौं। पैंचो पसलले आइपीओ निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले एनआईसी एसिया क्यापिटलसँग सम्झौता गरेको छ।
पैंचो पसललाई प्रालिबाट पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार सर्वसाधारणमा प्राथमिक सेयर निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको एनआईसी एसिया क्यापिटलले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
पैंचो पसल कृषि सम्बन्धी कम्पनी हो। कम्पनीले उच्च पहाडी क्षेत्रमा उत्पादन भएका तरकारी उच्च गुणस्तर कायम गरी उपभोक्तामाझ पुर्याउँदै आएको छ।
साथै केचप, अचार, जाम जस्ता खाद्य परिकार उत्पादन तथा प्याकेजिङ गरी बिक्री वितरण गर्दै आएको छ।