हिमालयन लघुवित्तको नाफा ३६९.३२ प्रतिशतले वृद्धि, खराब कर्जा बढेर ५.३४ प्रतिशत पुग्यो

बिजमाण्डू
२०८२ बैशाख १२ गते १०:२० | Apr 25, 2025
हिमालयन लघुवित्तको नाफा ३६९.३२ प्रतिशतले वृद्धि, खराब कर्जा बढेर ५.३४ प्रतिशत पुग्यो


काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले खुद नाफा बढाएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा संस्थाको खुद नाफा ३६९.३२ प्रतिशतले बढेको हो।

Tata
GBIME
NLIC

ब्याज आम्दानी बढ्दा लघुवित्तको खुद नाफामा बढेको हो। चैतसम्म लघुवित्तले कर्जा नोक्सानीबापत ६८ लाख २२ हजार रुपैयाँ प्रोभिजनिङ गरेको छ।

चैत मसान्तसम्म लघुवित्तले ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। पोहोर यसै अवधिमा लघुवित्तले १ करोड १३ लाख रुपैयाँ नाफा गरेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी ५३.०६ प्रतिशतले बढेको छ। खराब कर्जा ४.६१ प्रतिशतबाट बढेर ५.३४ प्रतिशतमा पुगेको छ।

चैतमा लघुवित्तको वितरणयोग्य नाफा १ करोड ११ लाख रुपैयाँले छ।

लघुवित्तको प्रति सेयर आम्दानी २२.३० रुपैयाँ र प्रति सेयर नेटवर्थ १२९.४८ रुपैयाँ छ।