अर्थतन्त्रलाई गति दिने गभर्नर र आशा जगाउने कार्यक्रम बजेटमा आउनुपर्छ : विराजभक्त श्रेष्ठ

बिजमाण्डू
२०८२ बैशाख १० गते १४:३० | Apr 23, 2025
अर्थतन्त्रलाई गति दिने गभर्नर र आशा जगाउने कार्यक्रम बजेटमा आउनुपर्छ : विराजभक्त श्रेष्ठ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले गभर्नर नियुक्तिमा भइरहेको ढिलाईबारे प्रश्न गरेका छन्।

Tata
GBIME
NLIC

आज अर्थ समितिमा उनले लामो समयसम्म गभर्नर नियुक्ति हुन नसकेको भन्दै अर्थतन्त्रले गति र गन्तव्य दिने गभर्नर खोजेको बताएका हुन्।

उनले आगामी आर्थिक वर्षको बजेटमा व्यवसायीलाई राहत प्याकेज आउनु पर्नेसमेत बताए‌।

उनले आशा जगाउने खालको बजेट ल्याउनपर्ने धाराणासमेत राखे।

‘तत्काल समाधानका उपाय आउनुपर्छ। उधारो उठाउने कानुन नबन्दासम्म बजेटले सम्बोधन गर्नुपर्छ। विदेशी ऋण, सहयोग नआउने कारणले पनि बजेट इनोभेटिभ हुनुपर्छ। सबै निराश छन् , आशा जगाउने कार्यक्रम बजेटमा हुनुपर्छ।’