महालक्ष्मी विकास बैंकले ५.०४% मा झार्‍यो कष्ट अफ फण्ड, पुँजीकोष थप बलियो अवस्थामा

बिजमाण्डू
२०८२ बैशाख ९ गते १९:५३ | Apr 22, 2025
महालक्ष्मी विकास बैंकले ५.०४% मा झार्‍यो कष्ट अफ फण्ड,  पुँजीकोष थप बलियो अवस्थामा


काठमाडौं। महालक्ष्मी विकास बैंकको कष्ट अफ फण्ड ५.०४ प्रतिशतमा झरेको छ। बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा कष्ट अफ फण्ड ५.०४ प्रतिशतमा झारेको हो।

Tata
GBIME
NLIC

विकास बैंकमध्येमा सबैभन्दा कम कष्ट अफ फण्ड आफ्नो भएको महालक्ष्मी विकास बैंकले मंगलबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ। पोहोर तेस्रो त्रैमासमा महालक्ष्मीको कष्ट अफ फण्ड ७.६२ प्रतिशत थियो।

कष्ट अफ फण्ड अढाइ प्रतिशतभन्दा बढी विन्दुले घटेपछि त्यसको सकारात्मक असर आधार दरमा परेको छ। बैंकको आधार दर ७.१४ प्रतिशतमा आइपुगेको छ। आधार दर कम हुनु भनेको ऋणको ब्याजदर सस्तो हुनु हो।

महालक्ष्मीको पुँजीकोषमा पनि उल्लेख्य सुधार देखिएको छ। पोहोर चैतमा १२.७५ प्रतिशत रहेको पुँजीकोष अहिले १५.७५ प्रतिशत पुगेको छ। यसले ऋण लगानीका लागि बैंक सबल अवस्थामा रहेको जनाउँछ।