आगामी आर्थिक वर्षभित्र आइपीओ निष्कासन गर्ने मुक्तिनाथ फुड बैंकको तयारी

बिजमाण्डू
२०८२ बैशाख ७ गते १७:५० | Apr 20, 2025
आगामी आर्थिक वर्षभित्र आइपीओ निष्कासन गर्ने मुक्तिनाथ फुड बैंकको तयारी

काठमाडौं। मुक्तिनाथ फुड बैंक लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ भित्र आइपीओ निष्कासन गर्ने जनाएको छ।

Tata
GBIME

बैशाख १७ गते हुने कम्पनीको विशेष साधारण सभाबाट हकप्रद सेयर पारित गरी आव २०८१/८२ भित्र ४० करोड चुक्ता पुँजी पुर्‍याउने कम्पनीले जानकारी दिएको छ।

आइपीओ निष्कासन प्रक्रियामा मुक्तिनाथ क्यापिटल लिमिटेडले संस्थागत परामर्श सेवा दिने भएको छ। एक कार्यक्रमका बीच मुक्तिनाथ फुड बैंकका संचालक मोहन कुमार बस्नेत र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

संस्थागत परामर्श सेवासहित पुँजी संरचना परिवर्तन, हकप्रद सेयर निष्कासन, पुँजी संकलनमा आवश्यक परामर्श लिन तथा कम्पनीको प्रबन्धपत्रमा उल्लेखित उद्देश्य बमोजिम काम गर्न आवश्यक सहजीकरणका लागि उक्त सम्झौता गरिएको हो।

मुक्तिनाथ फुड बैंक मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सहायक कम्पनी हो। २०७९ सालमा स्थापना भएको यो कम्पनीले नेपालमै उत्पादित र गुणस्तरीय खाद्य वस्तुहरू उपलब्ध गराई उपभोक्ता हक हित संरक्षण र कृषकहरूको बजार सुनिश्चितता गर्दै आएको छ।