
काठमाडौं । हुन्डाइ गाडीको बिक्रेता लक्ष्मी ग्रप अन्तर्गतको लक्ष्मी इ-मोबिलिटीले चिनियाँ ब्रान्ड ‘फोर्थिङ’ नेपाली बजारमा ल्याउने भएको छ। कम्पनीले यस अघि कायी ब्रान्डको गाडी ल्याएर बिक्री गरिरहेको छ।
कम्पनीले ल्याउन लागेको फोर्थिङ फ्राइडे लक्जरीको मूल्य ५६ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। यस्तै, फोर्थिङ फ्राडे एक्सक्लुसिभको मूल्य ६२ लाख ९६ हजार रुपैयाँ राखिएको छ। यी गाडीहरु अर्को हप्ता नेपाली बजारमा भित्रिनेछन्।
यो गाडीमा ९९ किलोवाट आवर क्षमताको मोटर पावर दिएको छ। साथै यसमा भएको ६४.४ किलोवाट आवर (युनिट) क्षमताको लिथियम आयोन फोस्फेट ब्याट्रीले एक पटकको फुल चार्जमा ४०० किलोमिटर कुदाउन मिल्छ। यसले ११ किलोवाट क्षमताको अन बोर्ड चार्जर सपोर्ट गर्छ।
यसमा अन्य गाडीहरुमा भएजस्तै एडास लेभल टु सिस्टम उपलब्ध छ। जसमा धेरै सेफ्टी फिचरहरु समावेश गरिएका छन्।

कम्पनी कस्तो छ ?
फोर्थिङ (डोङफेङ फेङजिङ) चिनियाँ अटोमेकर डोङफेङ लिउझोउ मोटरको स्वामित्वमा रहेको अटोमोबाइल ब्रान्ड हो। यो डोङफेङ मोटर समूहको एउटा डिभिजन हो। यो ब्रान्ड २००१ मा फेङजेङ नाम प्रयोग गरेर सुरु गरिएको थियो। अंग्रेजीमा यसलाई फोर्थिङ भनियो।
यो गाडीले युरोपेली बजारमा समेत आफ्नो हिस्सा बढाउँदै लगिरहेको छ। उत्पादन पोजिसनिङमा यो गाडी एक हाइ-टेक र प्योर इलेक्ट्रिक एसयुभी हो।
ब्रान्डको सुरुवातदेखि नै फोर्थिङ ब्रान्डका उत्पादनहरूले सधैं डोङफेङ पछ्याउने काम गरेको छ। जसरी डोङफेङ छातामुनि रहेका अधिकांश सवारी साधन ब्रान्डहरूले गर्छन्। २०२० नोभेम्बर १७ मा फोर्थिङ टी५ इभो क्रसओभर लन्च गरिएको थियो। यो कम्पनी २००१ मा नै स्थापना गरिएको थियो।
फोर्थिङ ब्रान्डका उत्पादनहरूमा जिंगी क्रसओभर एसयूभी सेगमेन्ट जसलाई विदेशी बजारहरूमा जोयर पनि भनिन्छ। जिंगी एस५० सेडान र एस५०० ठूलो मल्टिपर्पोज सवारी साधन हुन्। यसमा दुई प्रकारका भ्यानहरू, लिंगझी र सीएम७ समावेश छन्। यी मध्ये केही मोडेलहरू चिली र पेरु जस्ता ल्याटिन अमेरिकी बजारहरूमा डोङफेङ, डीएफएम वा डीएफएलजेड ब्रान्डहरू अन्तर्गत पनि बेचिन्छन्।