
काठमाडौं । आर्थिक शिथिलताले व्यवसाय बढाउन नसकेको बेलामा अधिकांश बैंकहरुले भने नाफा बढाउन सफल भएका छन्। ऋण असुली प्रभावित हुँदा समेत चालु आर्थिक वर्ष ९ महिनामा अधिकांश बैंकहरुको नाफा बढाउन सफल भएका हुन्।
राष्ट्र बैंक कर्जा नोक्सानी व्यवस्था र निर्माण क्षेत्रको कर्जा पुनर्संरचना र पुन:तालिकरणको लागि राष्ट्र बैंकले लिएको लचिलो नीतिका बाबजुद् अधिकांश बैंकहरुको नाफा बढाउन सफल देखिएका छन्।
वित्तीय विवरण सार्वजनिक गरेका ११ मध्ये ७ बैंकले नाफा बढाउदा ४ बैंकको भने खुम्चिएको छ।
नेपाल बैंकको नाफा सबैभन्दा धेरै २०३२ प्रतिशतले वृद्धि भएको छ। धेरै नाफा गर्नेमा ग्लोबल आइएमइ बैंक पनि छ। बैंकले ४ अर्ब ५३ करोड रुपैयाँ नाफा गरेको छ।
राष्ट्र बैंकले कर्जा नोक्सानी व्यवस्था १.१० प्रतिशतबाट घटाएर १ प्रतिशतमा झारेका कारण नाफा बढेको बैंकरहरूले बताएका छन्। मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले कर्जा नोक्सानी व्यवस्था घटाएको थियो। साथै, हालै राष्ट्र बैंकले निर्माण क्षेत्रको कर्जा पुनर्संरचना र पुन:तालिकरण गर्न पाउने सुविधा दिएको थियो।
राष्ट्रिय वाणिज्य, हिमालयन, एनआइसी एसिया, माछापुच्छ्रे, कुमारी, सिद्धार्थ, कृषि, सिटिजन्स र प्राइम बैंकको नाफा भने खुम्चिएको छ।
वाणिज्य बैंकहरुको मुनाफा नाफा
बैंकहरु | २०८१ चैतसम्मकाे नाफा (रु.०००) | २०८१ चैतसम्मको नाफा (रु.०००) | फरक (प्रतिशतमा) |
नेपाल | २,७८३,४९४.०० | १३०,५०९.०० | २०३२.८ |
नेपाल इन्भेष्टमेन्ट मेगा | ४,५४०,००५.०० | ३,२७५,२७७.०० | ३८.६ |
हिमालयन | ५००,०४८.०० | १,९४८,१८१.०० | -७४.३ |
नेपाल एसबिआइ | १,२०३,२६१.०० | १,१६४,१७७.०० | ३.४ |
एनआइसी एशिया | १५६७७५. | १,९१४,८९१.०० | -९१.८ |
माछापुच्छ्रे | १,१०२,६२७.०० | ८५५,४४६.०० | २८.९ |
कुमारी | २८५८२३. | १,०५२,७९४.०० | -७२.९ |
लक्ष्मी | १,६५२,१६३.०० | १,६१५,९०३.०० | २.२ |
ग्लोबल आइएमई | ४,५३४,०९९.०० | ३,३०६,५५२.०० | ३७.१ |
सिटिजन्स | ९६१,८९३.०० | १,२११,४१६.०० | -२०.६ |
प्राइम | २,२२९,३०४.०० | २,८७८,७४६.०० | -२२.६ |