ज्याकराण्डाले काठमाडौं ढाकेजस्तै साकुराको सुन्दरतामा रमाइरहेको छ टोकियो (तस्विरहरु)

रविन खाकी
२०८२ बैशाख १ गते १३:४९ | Apr 14, 2025
ज्याकराण्डाले काठमाडौं ढाकेजस्तै साकुराको सुन्दरतामा रमाइरहेको छ टोकियो (तस्विरहरु)

टोकियो । वसन्त ऋतु लागेसँगै चारै तिर फूलेका फूलले कसलाई लोभ्याउँदैन र। अझ लहरै फूल्ने एकै प्रजातीका फूलले त वातावरण नै मनमोहन बनाउँछ।

Tata
GBIME

आउने केही समयमै काठमाडौं ज्याकाराण्डाको सुन्दरताले छोपिनेछ। काठमाडौंमा ज्याकाराण्डा फूल्न थालिरहँदा जापानको टोकियोमा भने ‘चार्म’ छ साकुराको।

काठमाडौंभन्दा गर्मी अहिले छ टोकियोमा। त्यही गर्मीलाई शीतल बनाएको छ साकुराका रुखहरुले।

साकुरा फूलाका रुखहरु छहारी बनेको छ जापानीसँगै आगन्तुकहरुको अहिले। यो फूल फूल्दा रुख मुनि पुगेर पिकनिङ गर्छन् जापानी। साथी र परिवारसहित विभिन्न परिकार चाख्छन् र प्रकृतिको सुन्दरतामा रमाउँछन्।

विभिन्न कार्यक्रमहरु साकुरा मुनि नै हुने गर्छ। वर्षमा एकपटक फूल्ने साकुरा एउटा प्रतिक नै बनेको छ टोकियोको। नदीमा डुंगा चलाउँदै साकुरा हेर्नेको मज्जा नै बेग्लै।

सामाजिक संजालमा तस्विर राख्न यहाँ फोटो खिच्न पुग्नेको लर्को छ। इन्फलुएन्सरहरु पनि भिडियो र तस्विर लिइरहेका देखिन्छन् यहाँ।

काठमाडौं बैजनी रंगले ढाकिँदा यहाँ टोकियोमा भने साकुरा झरी सक्छन्। केही सातामात्रै रुखमा टिक्ने यी फूल हेर्न मानिसहरु  पुगिरहेका छन्। हावा चल्दा खस्ने फूलले हिउँ पर्दा सेताम्मे हुने सहर जस्तो अनुभव गराउँछ साकुराले।

भनिन्छ जापानको फूलेका यी साकुराको सम्बन्ध हिमालय क्षेत्रसँग छ। नेपालबाटै साकुरा जापान र चीन पुगेको भनाइ समेत। नेपालमा यो फूललाई पय्यौ भनिन्दो रहेछ। यहाँ घुम्न आउने नेपालीहरुले यसबारेमा चर्चा गरिरहन्छन्।

फूल झरे पछि यी रुपमा पात पलाउँछन् र चेरी फल फल्छ।

टोकियोको नदी किनारदेखि जंगलसम्म साकुरा ढकमक्क फूलेको छ अहिले। त्यही साकुरा हेर्न मानिस ओइरिरहेका छन् यहाँ। अब केही दिनमात्रको पाहुना हो साकुरा टोकियोको। त्यसपछि अर्को वर्ष कुर्नु पछि यो रमझममा फेरि रमाउन।