
काठमाडौं। सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले शितल निवास नजिकै धर्ना दिएका छन्।
मिटरब्याज पीडितहरू विभिन्न माग राखेर सोमबार शितल निवासस्थित राष्ट्रपति कार्यालय नजिकै धर्नामा बसेका हुन्।


लघुवित्त पीडितले राष्ट्र बैंकमा दिएको उजुरीमाथि छानबिन गरी लघुवित्त कम्पनीहरू खारेज गर्नुपर्ने उनीहरूको माग छ। समग्र वित्तीय शोषणको अन्त्यका लागि पनि उनीले माग गरेका छन्।

लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिले उक्त धर्ना कार्यक्रमको आयोजना गरेको हो। समितिले लामो समयदेखि आन्दोलनका कार्यक्रमहरू गर्नै आएको छ।






