कोटेश्वरको भाटभटेनीमा लुटपाट पछि चुच्चेपाटीको बन्द, अन्य आउटलेटमा सुरक्षा कडा पारियो

बिजमाण्डू
२०८१ चैत्र १५ गते १८:०८ | Mar 28, 2025
कोटेश्वरको भाटभटेनीमा लुटपाट पछि चुच्चेपाटीको बन्द, अन्य आउटलेटमा सुरक्षा कडा पारियो


काठमाडौं । दुर्गा प्रसाईं समूहले तोडफोड गरेपछि भाटभटेनीका सबै आउटलेटमा सुरक्षा व्यवस्था बढाइएको छ।

Tata
GBIME
NLIC

प्रसाईं समूहले कोटेश्वरमा रहेको भाटभटेनीमा प्रवेश गरेर तोडफोड र लुटपाट गरेको थियो।

त्यसपछि काठमाडौं उपत्यका भरि रहेका भाटभटेनीमा सुरक्षा कडा पारिएको छ।

चुच्चेपाटी र पुल्चोकमा रहेको भाटभटेनी सुरक्षालाई मध्यनजर गर्दै बन्द गरिएको छ। अन्य केही भाटभटेनीमा पनि सुरक्षा सतर्कता अपनाइएको छ।