काठमाडौं । दुर्गा प्रसाईं समूहले तोडफोड गरेपछि भाटभटेनीका सबै आउटलेटमा सुरक्षा व्यवस्था बढाइएको छ।
प्रसाईं समूहले कोटेश्वरमा रहेको भाटभटेनीमा प्रवेश गरेर तोडफोड र लुटपाट गरेको थियो।
त्यसपछि काठमाडौं उपत्यका भरि रहेका भाटभटेनीमा सुरक्षा कडा पारिएको छ।
चुच्चेपाटी र पुल्चोकमा रहेको भाटभटेनी सुरक्षालाई मध्यनजर गर्दै बन्द गरिएको छ। अन्य केही भाटभटेनीमा पनि सुरक्षा सतर्कता अपनाइएको छ।