राजावादीको अराजकतापछि सरकारले सडकमा निकाल्यो सेना, ट्यांकरसहित गस्तीमा

बिजमाण्डू
२०८१ चैत्र १५ गते १७:२७ | Mar 28, 2025
राजावादीको अराजकतापछि सरकारले सडकमा निकाल्यो सेना, ट्यांकरसहित गस्तीमा

काठमाडौं । राजावादी भन्दै दुर्गा प्रसाईं समूहले अराजकता मच्चाएपछि प्रशासनले सडकमा सेना परिचालन गरेको छ।

Tata
GBIME

सडकमा अहिले सेनाको ट्याकंर परिचालन गरिएको छ।

प्रसाईं समूहले नीजि घरमा आगो लगाएर पार्टीका कार्यालयहरुमा तोडफोड र आगजनी गरेका थिए।

यस्तै, व्यवसायिक कम्प्लेक्स र मिडिया हाउसमा पनि तोडफोड गरेका थिए।

अहिले जिल्ला प्रशासन कार्यालयले काठमाडौंको तीनकुने, बानेश्वर, जडिबुटी क्षेत्रमा कर्फ्यू लगाएको छ। प्रशासनले कर्फ्यू लगाएपछि सेना शान्ति सुरक्षामा तैनाथ गर्ने गरिन्छ।