कुलमानलाई हटाउने सरकारको निर्णयपछि प्रदर्शन, उपत्यकामा सुरक्षाकर्मी ‘स्ट्यान्डबाइ’

बिजमाण्डू
२०८१ चैत्र १२ गते १०:१४ | Mar 25, 2025
कुलमानलाई हटाउने सरकारको निर्णयपछि प्रदर्शन, उपत्यकामा सुरक्षाकर्मी ‘स्ट्यान्डबाइ’


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट हटाएपछि हुन सक्ने सम्भावित विरोध प्रदर्शनलाई ध्यानमा राखेर प्रहरीले सुरक्षाकर्मीलाई ‘अलर्ट’मा राखेको छ।

Tata
GBIME
NLIC

बिहानै एकीकृत समाजवादीको विद्यार्थी समूहले प्रदर्शनीमार्गमा विरोध गर्न ऊर्जा मन्त्रीको पुत्ला जलाएका छन्।

विभिन्न समूह र राजनीतिक दलहरूले अहिले सरकारको निर्णयको चर्को विरोध गरिरहेका छन्। उनीहरूले आन्दोलनको समेत गर्ने चेतावनी दिएका छन्। प्रदर्शन हुने सम्भावनालाई ध्यानमा राखेर बिहानै देखि काठमाडौंमा सुरक्षाकर्मी तैनाथ गरिएको छ।

‘प्रदर्शन हुने सम्भावनालाई ध्यानमा राखेर सुरक्षाकर्मी स्ट्यान्डवाइ राखिएको छ। अहिलेसम्म त्यस्तो कुनै कार्यक्रम गर्ने जानकारी पाएका छैनौं,’ काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले भने।

घिसिङको स्पष्टीकरण चित्त नबुझेको भन्दै सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई हटाएको थियो। उनको ठाउँमा हितेन्द्रदेव शाक्यलाई निर्देशक बनाइएको छ।

घिसिङको दोस्रो कार्यकाल सकिन ४ महिना बाँकी छ। देशले लामो समयसम्म भोगिरहेको लोडसेडिङ उनी निर्देशक भएर आएपछि हटेको थियो।