
काठमाडौं। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट बुधबार २५ अर्ब रुपैयाँ उठाउन लागेको छ।
राष्ट्र बैंकले बोलकबोलमार्फत २५ अर्ब रुपैयाँ निक्षेप २१ दिनका लागि उठाउन लागेको हो। यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव मागेको छ।
बुधबार मध्यान्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ। राष्ट्र बैंकले साँवा तथा ब्याज चैत २७ गते भुक्तानी गर्नेछ।