सेयर बजारमा गिरावट, नेप्से २१.६३ अंकले घटेर २७१४.८५ विन्दुमा, ६ अर्ब ८३ करोडको कारोबार

बिजमाण्डू
२०८१ चैत्र ३ गते १५:२० | Mar 16, 2025
सेयर बजारमा गिरावट, नेप्से २१.६३ अंकले घटेर २७१४.८५ विन्दुमा, ६ अर्ब ८३ करोडको कारोबार


काठमाडौं। सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक आइतबार २१.६३ अंकले घटेर २७१४.८५ विन्दु कायम भएको छ। ट्रेडिङ बाहेकका उपसमूहले बजार घटाएका हुन्।

Tata
GBIME
NLIC

डेभलपमेन्ट बैंकको सूचक सर्वाधिक २.२५, इन्भेष्टमेन्टको १.७२ र अन्यको १.५२ प्रतिशतले घटेको छ। ट्रेडिङको सूचक ४.९२ प्रतिशतले बढेको छ।

२०७ कम्पनीको मूल्यमा गिरावट आएको छ। ग्रिन डेभलपमेन्ट बैंकको सूचक सर्वाधिक ७.९१ प्रतिशतले घटेको छ। ३१ कम्पनीका लगानीकर्ताले कमाउँदा सबैभन्दा धेरै सामुदायिक लघुवित्तको सेयर मूल्य ८.१९ प्रतिशतले बढेको छ।

६ अर्ब ८३ करोड ६६ लाख रुपैयाँको कारोबार हुँदा हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक ५८ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

यस्तै, महालक्ष्मी विकास बैंकको ३७ करोड ३० लाख र घलेम्दी हाइड्रोपावरको ३६ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।