बीवाइडीको ह्याचब्याक सिगल नक्साल शोरुममा, राइट ह्यान्ड ड्राइभ आउन केही समय लाग्ने

बिजमाण्डू
२०८१ फागुन २३ गते २२:१० | Mar 7, 2025
बीवाइडीको ह्याचब्याक सिगल नक्साल शोरुममा, राइट ह्यान्ड ड्राइभ आउन केही समय लाग्ने


काठमाडौं। चिनियाँ मोटर उत्पादक कम्पनी बीवाइडीको ह्याचब्याक सिगल गाडी नक्साल शोरुममा देखिएको छ। बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले उक्त गाडी टेस्टका क्रममा नक्साल शोरुममा राखेको हो।

Tata
GBIME
NLIC

गाडी अहिले लेफ्ट ह्यान्ड ड्राइभमा आएको छ। राइट ह्यान्ड ड्राइभ आउन केही समय लाग्ने कम्पनीले जनाएको छ। यसलाई सिटी कारका रुपमा हेरिएको छ।

इलेक्ट्रिक ह्‍याचब्याकलाई कम्पनीले संघाईमा जारी अटो एक्सपो २०२३ मा सार्वजनिक गरेर बुकिङ लिन शुरु गरेको थियो। नेपालमा राइट ह्यान्ड ड्राइभ प्याटर्न मात्रै चल्ने भएकाले उक्त मोडल उत्पादनपछि नेपालमा आउने छ।

ह्‍याचब्याक खोज्नेलाई साइमेक्सले विकल्प दिन खोजेको हो। बीवाइडीको ह्‍याचब्याक ओसन सिरिजमा आधारित ३.० प्लेटफर्ममा निर्माण गरिएको छ।

ह्‍याचब्याक खोज्नेलाई साइमेक्सले विकल्प दिन खोजेको हो। बीवाइडीको ह्‍याचब्याक ओसन सिरिजमा आधारित ३.० प्लेटफर्ममा निर्माण गरिएको छ।

कम्पनीका अनुसार यो ह्याचब्याकमा ३० किलोवाट आवर क्षमताको ब्याट्री छ। जसलाई पावर दिन ५५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर हुनेछ। ब्याट्री एक पटकको फुल चार्ज हुँदा गाडी ३०५ किलोमिटर चलाउन सकिने कम्पनीले जनाएको छ।

यस्तै, यसमा अर्को ब्याट्री विकल्पमा पनि उपलब्ध हुने छ। जसमा ३८ किलोवाट आवर क्षमताको ब्याट्रीले एक पटकको फुल चार्जमा ४०५ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।

यसको इन्टेरियरमा ५ इन्च र १२.८ इन्च दुइवटा स्क्रिन दिइएको छ। यसमा फ्ल्याट बटमसहितको स्टेरिङ ह्‍वील, वायरलेस चार्जिङ प्याड, दुई कप होल्डर पनि छ। यो गाडी ४ सिटर छ।

चिनियाँ मोटर निर्माता कम्पनी बीवाइडीको इन्ट्री लेभल ह्‍याचब्याक नेपाली बजारमा ल्याउने तयारी भइरहेको छ। नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले विद्युतीय गाडी ‘सिगल’ ल्याउन टेस्टिङ गरिरहेको हो।

यो गाडी २५-३० लाख रुपैयाँको हाराहारीमा मूल्यमा बजारमा ल्याउने तयारी भइरहेको छ। ३० लाखभन्दा कम मूल्यका विद्युतीय गाडी खोज्नेलाई लक्ष्य गर्दै सिगल ल्याउन तयारी भइरहेको कम्पनी स्रोतले बताएको छ।