अलिबाबाले सार्वजनिक गर्‍यो नयाँ एआई मोडल, सेयर मूल्य ८ प्रतिशतले बढ्यो

बिजमाण्डू
२०८१ फागुन २३ गते १२:०० | Mar 7, 2025
अलिबाबाले सार्वजनिक गर्‍यो नयाँ एआई मोडल, सेयर मूल्य ८ प्रतिशतले बढ्यो


चिनियाँ टेक जायन्ट अलिबाबाले नयाँ आर्टिफिसियल रिजनिङ मोडल सार्वजनिक गरेको छ।

Tata
GBIME
NLIC

चिनियाँ स्टार्टअप डिपसिक र अमेरिकी एआई कम्पनी ओपनएआईलाई टक्कर दिँदै अलिबाबाले नयाँ मोडल सार्वजनिक गरेको हो।

अलिबाबाको यो घोषणासँगै हङकङमा कम्पनीको सेयर मूल्य ८ प्रतिशतले बढेको छ। यसले हाङ सेङ चाइना इन्टरप्राइजेस इन्डेक्स बढाउन सहयोग पनि गरेको छ।

अलिबाबाले आफ्नो क्यूडब्लूक्यू-३२बी मोडलको ‘पर्फर्मेन्स’ उत्कृष्ट रहेको दाबी गरेको छ। अलिबाबाले सन् २०२३ मा पनि च्याटजीपीटी जस्तै प्लेटफर्म सार्वजनिक गरेको थियो। गत जनवरीमा पनि अलिबाबाले तनयाँ मोडल सार्वजनिक गरेको थियो।  

पछिल्लो समय चिनियाँ कम्पनीले एआई क्षेत्रबा दबदबा बढाउँदै लगेको छ। केही दिन अघिमात्रै चिनियाँ कम्पनी मोनिकाले ‘मानड्ड’ नाम गरेको एआई सार्वजनिक गरेको थियो।