नेप्से २८९० विन्दुमा पुगेर फेरि ओरालो, २५.१६ अंकले घट्दा १० अर्ब ९७ करोडको कारोबार

बिजमाण्डू
२०८१ फागुन २१ गते १५:२२ | Mar 5, 2025
नेप्से २८९० विन्दुमा पुगेर फेरि ओरालो, २५.१६ अंकले घट्दा १० अर्ब ९७ करोडको कारोबार


काठमाडौं। साताको चौथो दिन सेयर बजारमा गिरावट आएको छ। बुधबार नेप्से परिसूचक २५.१६ अंकले घटेर २८२१.१३ विन्दुमा आएको छ। कारोबारमा आएका ट्रेडिङ बाहेकका उपसमूहले बजार घटाएका हुन्।

Tata
GBIME
NLIC

आइतबार २८९० अंक पुगेको नेप्से लगातार तीन दिन ओरालो लागेको हो। सेयरमूल्य घट्दा १७४ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ६.८४ प्रतिशतले घटेको छ।

६२ कम्पनीको सेयर मूल्य बढेको छ। समाज लघुवित्त र गार्डियन माइक्रो इन्स्योरेन्सको मूल्यमा पोजेटिभ सर्किट लागेको छ। १० अर्ब ९७ करोड २६ लाख रुपैयाँको सेयर किनबेच हुँदा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ९६ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ।

त्यस्तै, नेपाल रिइन्स्योरेन्सको ९० करोड ७० लाख, समाज लघुवित्त ३० करोड ७९ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट २९ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।