नेप्सेको सीइओमा आवेदन दिने म्याद कम भएको अर्थ मन्त्रालयद्वारा स्वीकार, थपियो एक साता

बिजमाण्डू
२०८१ फागुन १८ गते १२:१५ | Mar 2, 2025
नेप्सेको सीइओमा आवेदन दिने म्याद कम भएको अर्थ मन्त्रालयद्वारा स्वीकार, थपियो एक साता


काठमाडौं। नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत (सीइओ) दका लागि आवेदन दिने म्याद बढाइएको छ। सीइओ छनोट समितिले आवेदन दिन म्याद एक साता थपेर फागुन २५ सम्म पुर्‍याएको हो।

Tata
GBIME
NLIC

समितिले यसअघि जम्मा सात दिनको समय दिएर फागुन १२ गते आवेदन मागेको थियो। तर यसअघि दिइएको सात दिनमा तीन दिन सार्वजनिक बिदा परेको थियो।

समितिले आइतबार सूचना निकालेर यसअघि दिइएको म्याद अपर्याप्त भएको स्वीकार गरेको छ। यसअघि दिइएको समयमा तीन दिन सार्वजनिक बिदा परेकाले इच्छुक व्यक्तिहरुलाई पर्याप्त समय दिन एक साता म्याद थपिएको जनाएको छ।

नेप्सेमा सीइओको पद माघ २४ देखि खाली छ।