
काठमाडौं। चिनिनाँ गाडी बिक्रेता बीवाइडी इंक र साइमेक्स इंकको आयोजनामा काठमाडौंमा जारी हाई-टेक-विक आइतबार सकिंदै छ।
फागुन १४ गते सुरु भएको कार्यक्रममा पुग्नेहरुले बीवाइडीका प्रविधिबारे जान्न पाउनेछन्। हाइब्रिड टेक्नोलोजीदेखि इभीको प्लेटफर्म र ब्याट्री टेक्नोलोजी प्रदर्शनीमा राखिएको छ।
कम्पनीले ब्याट्रीमा यसअघि ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्म वारेन्टी दिंदै आएकामा हाई-टेक-विकमा गाडी बुक गर्ने ग्राहकले १० वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी पाउने छन्। यो अफर पाउन ग्राहकले बुकिङ गरेका गाडी चैत १८ गतेसम्म डेलिभरी लिई सक्नुपर्ने छ।
नेपाली बजारमा अहिले बीवाइडीका एटो थ्रीको नयाँ भर्सन, सिल, एम सिक्स र डल्फिन गाडी बिक्री भइरहेका छन्। यी सबै गाडीको बुकिङ गर्दा ब्याट्रीमा अफर पाइन्छ।
हाई-टेक-विकमा ग्राहकको भिड छ।