आजदेखि एमएडब्लु वृद्धि इभी कार्निभल, ३ ब्रान्डका गाडीमा ‘एक्सचेन्ज अफर’

बिजमाण्डू
२०८१ फागुन १८ गते ११:०४ | Mar 2, 2025
आजदेखि एमएडब्लु वृद्धि इभी कार्निभल, ३ ब्रान्डका गाडीमा ‘एक्सचेन्ज अफर’


काठमाडौं । चिनियाँ गाडी ब्रान्ड सेरेस, नामी र डिपलको आधिकारिक बिक्रेता एमएडब्लुले ‘एमएडब्लु वृद्धि इभी कार्निभल’ आयोजना गरेको छ। यो कार्निभल आजदेखि सुरु भएको छ।

Tata
GBIME
NLIC

नक्सालमा रहेको अम्रापली ब्यांक्वीटमा इभी कार्निभल आयोजना भइरहेको छ। कार्निभल फागुन २१ गतेसम्म चल्ने कम्पनीले जनाएको छ।

यो कार्यक्रममा ग्राहकहरुले एकै ठाउँमा ३ वटा सेरेस, नामी र डिपल ब्रान्डका गाडीहरु देख्न सक्नेछन्। कार्निभलमा यी ब्रान्डका जुनसुकै गाडीसँग पुराना गाडीहरु ल्याएर ‘एक्सचेन्ज’ पनि गर्न सक्ने कम्पनीले जनाएको छ। एक्सचेन्ज गर्दा राम्रो ‘भ्यालुएसन’ पाइने कम्पनीको दाबी छ।

यसका साथै कम्पनीले कार्निभलमा क्यास डिस्काउन्ट अफर, अन द स्पट फाइनान्स, नि:शुल्क बीमा सुविधा रहने जनाएको छ। यस्तै, लक्की ड्र प्राइजमा कन्ट्री भिल्लामा एक जोडीलाई बस्ने सुविधा सहितको अफर पनि छ। कम्पनीले आइपोन १६ प्रो म्याक्स दिने अफर समेत राखेको छ। यो अफर गाडी बुकिङ गर्नेहरुका लागि मात्रै पाउनेछन्।

यस्तै, कार्निभलमा टेस्ट ड्राइभको सुविधा पनि छ। यसका साथै एक वर्षको सडक कर पनि नि:शुल्क हुने कम्पनीले जनाएको छ।

कम्पनीसँग सेरेस ३ को नयाँ भर्सन, डिपलको एस०७, एल०७ र ई०७ तथा नामीको ई१, ई२ र ई३ रहेका छन्। यी सबै गाडीहरु उक्त कार्निभलमा देख्न, टेस्ट ड्राइभ गर्न र बुकिङ समेत गर्न पाइनेछ।