साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन नेपालको अध्यक्षमा डा. शालिग्राम पराजुली निर्वाचित

बिजमाण्डू
२०८१ फागुन १६ गते १०:१८ | Feb 28, 2025
साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन नेपालको अध्यक्षमा डा. शालिग्राम पराजुली निर्वाचित

काठमाडौं। साइबर सुरक्षा क्षेत्रमा अनुसन्धान तथा नवप्रवर्तनमा सक्रिय संस्था ‘साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन नेपाल’ को अध्यक्षमा डा. शालिग्राम पराजुली चयन भएका छन्।

Tata
GBIME

संस्थाको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको सूचना प्रविधि विज्ञसमेत रहेका पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा प्राध्यापक गजेन्द्र शर्मा, उपाध्यक्षमा विजय कुमार रोय, राजकुमार महर्जन र डा. अमृता शर्मा चयन भएका छन्। महासचिवमा डा. भोजराज घिमिरे निर्वाचित भएका छन्। सचिवमा सरला कार्की, आभास अधिकारी, गंगा भण्डारी र तेजप्रसाद धमला चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी कमला अधिकारी अर्यालले पाएकी छन्।

त्यस्तै, सदस्यहरूमा रिता पोखरेल, जयन्ती माला चापागाईँ, डा. शान्तिकला सुवेदी र ओमकार बस्नेत चयन भएका छन्।

अध्यक्ष चुनिएका पराजुलीले साइबर सुरक्षा क्षेत्रमा नेपाललाई सशक्त बनाउन कार्ययोजना अघि बढाइएको बताउँदै उनले शैक्षिक संस्था, ‍निजी क्षेत्र तथा सरकारी निकायहरूसँग सहकार्य गर्दै साइबर सुरक्षा सम्बन्धी अनुसन्धान, नीति निर्माण तथा जनचेतना अभिवृद्धि गर्ने योजना रहेको बताए।