मौद्रिक नीति समीक्षापछि सेयर बजार ६ महिनाअघिको विन्दुमा, नेप्से २८०० अंकमाथि

बिजमाण्डू
२०८१ फागुन १५ गते ११:२४ | Feb 27, 2025
मौद्रिक नीति समीक्षापछि सेयर बजार ६ महिनाअघिको विन्दुमा, नेप्से २८०० अंकमाथि

काठमाडौं। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछिको पहिलो कारोबार दिनमा सेयर बजार उकालो लागेको छ। बिहीबार कारोबार खुलेको दुई मिनेटमै नेप्से २८२७ विन्दुमा पुगेको छ।

Tata
GBIME

नेप्सेले लिएको यो उचाई ६ महिनायताकै सर्वाधिक हो। यसअघि गत भदौ १८ गते बजार २८३० विन्दुमा थियो। पछिल्लो दुई सातायता सेयर बजार बुलिस ट्रेन्डमा छ।

नेप्से फागुन ३ गते २६७८ अंकमा रहेकामा अहिले २८०० माथि पुगेको हो। बजार उकालो लागेसँगै कारोबार रकम समेत बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार बैंकहरुको नाफा बढ्ने गरी मौद्रिक नीतिको समीक्षा गरेको थियो।

राष्ट्र बैंकले असल ऋणमा गर्दै आएको नोक्सानी व्यवस्थापनलाई १.१० प्रतिशतबाट घटाएर १ प्रतिशतमा झारेको छ।