
काठमाडौं। विराटनगरस्थित एक शोरुमबाट चोरी भएको कार भेटिएको छ। गएराति सवा २ बजेतिर विराटनगर-३ बरगाछीमा रहेको शोरुमबाट चोरी भएको कार सुनसरीको गढी गाउँपालिका-४ मा भेटिएको हो।
गढी गाउँपालिका- ४ इक्राइबाट भोक्राहतर्फ जाँदै गरेको अवस्थामा गाडीसहित विराटनगर महानगरपालिका-४ बस्ने २४ वर्षीय चालक मन्तोष बीनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शोरुम संचालकले कार चोरी भएको जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक हेमराज ओलीको कमान्डमा टोली खोजीमा जुटेको थियो।
पूजा इन्टरनेसनलको शोरुमको सिसा फोरेर गाडी चोरी भएको थियो। त्यस्तै शोरुमा रहेको ल्यापटप समेत चोरी भएको थियो।