
काठमाडौं। सोल्टीमोडस्थित ह्यात सेन्ट्रिक होटलको महाप्रबन्धकमा भारतीय नागरिक वाल्टर टोनी साभियो परेरा नियुक्त भएका छन्।
ह्यात सेन्ट्रिक होटल सञ्चालन गर्ने सिटी होटलले फागुन ३ गतेदेखि लागू हुने गरी परेरालाई महाप्रबन्धक नियुक्त गरेको हो।
यसअघिका महाप्रबन्धक वरुण तलवारले राजीनामा दिएकाले परेरालाई नियुक्त गरेको होटलले जनाएको छ।