
काठमाडौं। पर्सा प्रहरीले राजस्व छली गरेर ल्याएका २ करोड रुपैयाँ बराबरको सामान बरामद गरेको छ।
वीरगंज महानगरपालिका-१४ स्थित गण्डकचोकमा बा १ ख ९९०९, ना ६ ख ५४९१ र ना ६ ख ६३९७ नम्बरको मालवाहक ट्रकमा जाँच गर्दा भन्सार छली गरेको सामान भेटिएको प्रहरीले जनाएको छ।
वीरगंजबाट काठमाडौं आउँदै गरेको ट्रकमा क्याल्कुलेटर र हेयर ट्रिमर भेटिएको थियो।
प्रहरी टोलीले बिल बीजकभन्दा बढीका १ करोड ९५ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ। थप अनुसन्धानका लागि सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जानकारी दिएको छ।