
काठमाडौं। सिद्धार्थ हस्पिटालिटीले आफ्नो व्यवसाय विस्तार गरेको छ। सिद्धार्थ हस्पिटालिटीले आफ्नो व्यावसायिक सञ्जाल फैलाउने क्रममा बुटवलको योगीकुटीमा ‘सिद्धार्थ कटेज’ सञ्चालनमा ल्याएको छ।
सिद्धार्थ ग्रुपले आफ्नो २७औं वार्षिकोत्सव सप्ताहका अवसरमा नयाँ कटेज सञ्चालनमा ल्याएको हो। लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले कटेजको उद्घाटन गरेका छन्।
कटेजमा सुविधा सम्पन्न मल्टी कुजीन रेस्टुरेन्ट सुरु गरिएको छ। बगैंचासहित रेष्टुरेन्ट, भव्य मल्टिभेन्यु, स्वीमिङ पुल, वाटरपार्क र चिल्ड्रेन पार्कको समेत सुविधासहित कटेज सञ्चालनमा ल्याएको सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिए।
योसँगै बुटवलमा सिद्धार्थ हस्पिटालिटीअन्तर्गतका कटेज दुईवटा भएका छन्। ‘यसअघि बुटवलको चौराहमा १३ वर्षदेखि सिद्धार्थ कटेज सञ्चालनमा रहेकामा त्यसको सफलताले हामीलाई नयाँ आउटलेट सञ्चालनमा ल्याउन प्रोत्साहन मिलेको छ,’ न्यौपानेले भने।
सिद्धार्थ ग्रुपअन्तर्गत नेपालगञ्जको धम्बोझी, काठमाडौंको तीनकुने र ललितपुरको धोबीघाटमा सिद्धार्थ कटेज सञ्चालनमा छन्। धनगढीमा सिद्धार्थ कटेज निर्माणाधीन छ।
सिद्धार्थ हस्टिपालिटीअन्तर्गत पाँच तारेस्तरको सिद्धार्थ भिलासा, चार तारे स्तरको सिद्धार्थ वैभव र तीन तारे स्तरको सिद्धार्थ बाटिका ब्राण्डका होटल पनि सञ्चालनमा छन्।