एनएमबि हाइब्रिड फण्ड एल-२ को १.२० अर्ब रुपैयाँको इकाई बिक्री खुला, म्याद कहिलेसम्म?

बिजमाण्डू
२०८१ माघ २४ गते १०:३९ | Feb 6, 2025
एनएमबि हाइब्रिड फण्ड एल-२ को १.२० अर्ब रुपैयाँको इकाई बिक्री खुला, म्याद कहिलेसम्म?


काठमाडौं। म्युचुअल फण्ड एनमएबि हाइब्रिड फण्ड एल-२ ले सार्वजनिक निष्कासन गरेको छ। योजना व्यवस्थापक एनएमबि क्यापिटलले बिहीबारदेखि म्युचुअल फण्ड एनमएबि हाईब्रिड फण्ड एल-२ को इकाई बिक्री खुला गरेको हो।

Tata
GBIME
NLIC

क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको छ। एनएमबि हाइब्रिड फण्ड एल-२ दश वर्षे बन्दमुखी योजना हो।

फण्डले १४ प्रतिशतले हुन आउने १ करोड ६८ लाख इकाई कोष प्रबर्धक एनएमबि बैंक र १ प्रतिशतले हुन आउने १२ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित राखेको छ। बाँकी १० करोड २० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १०० देखि १ करोड २० लाख इकाईमा माघ २८ गतेसम्म आवेदन दिन सक्नेछन्। यस अवधिमा सबै इकाई बिक्री नभए फागुन ८ गतेसम्म आवेदन खुला रहनेछ।