खराब कर्जा बढ्दा समेत जीवन विकास लघुवित्तको नाफा वृद्धि, प्रतिफल क्षमता कति?

बिजमाण्डू
२०८१ माघ २२ गते १०:१९ | Feb 4, 2025
खराब कर्जा बढ्दा समेत जीवन विकास लघुवित्तको नाफा वृद्धि, प्रतिफल क्षमता कति?


काठमाडौं। खराब कर्जा बढे पनि जीवन विकास लघुवित्तको नाफा बढाउन सफल भएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तको नाफा १५.५७ प्रतिशले वृद्धि भएको हो।

Tata
GBIME
NLIC

लघुवित्तको प्रोभिजनिङ बढे पनि ब्याज आम्दानी सुधार हुँदा नाफा बढेको हो।

पुस मसान्तसम्म लघुवित्तले २० करोड ५४ लाख ४२ हजार रुपैयाँ नाफा गरेको छ। पोहोर पुस मसान्तमा नाफा १७ करोड ७७ लाख रुपैयाँ थियो।

पोहोर ६ महिनामा २.९५ प्रतिशत रहेको खराब कर्जा बढेर अहिले ४.५६ प्रतिशत पुगेको छ। लघुवित्तले ३१ करोड २ लाख प्रोभिजनिङ गरेको छ। पोहोर सोही अवधिमा प्रोभिजनिङ २७ करोड ७९ लाख थियो।

त्यसैगरी, लघुवित्तको प्रतिसेयर आम्दानी ३०.४९ रुपैयाँ र नेटवर्थ २५८.८० रुपैयाँ छ। पुस मसान्तसम्म लघुवित्तको वितरणयोग्य मुनाफा ७२ करोड ६४ लाख रुपैयाँ छ। यसलाई हेर्दा लघुवित्तको प्रतिफल क्षमता ५३.९१ प्रतिशत छ।