
काठमाडौं। लुम्बिनी सेरामिक्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ। जसका लागि कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ।
यससम्बन्धी दुई पक्षबीच माघ १५ गते सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा लुम्बिनी सेरामिक्सका संचालक श्याम सुन्दर खेतान र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ।
लामिनार टाइल्स नेपालको पहिलो र एक मात्र सतप्रतिशत भिट्रीफाइड टाइल्स भएको कम्पनीको दाबी छ। यसको उत्पादन लुम्बिनी सेरामिक्स लिमिटेडले गर्छ।
लामिनार टाइल्स नेपाली उपभोक्ताहरूका लागि अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्ड पूरा गर्ने, विविध विकल्पहरू प्रदान गर्ने र उच्च गुणस्तरको टाइल्सहरू उपलब्ध गराउने मुख्य उद्देश्यका साथ उत्पादन सुरु गरिएको कम्पनीले जनाएको छ। यसको उत्पादन प्लान्ट बर्दियाको गुलरियामा १२.५ बिघा क्षेत्रफलमा फैलिएको छ।