
काठमाडौं। असुलीमा सुधार हुँदा ग्लोबल आइएमई लघुवित्तको नाफा बढेको छ। चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्म लघुवित्तले १४७.४१ प्रतिशतले नाफा बढाएको हो।
पुस मसान्तमा लघुवित्तले ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा गरेको छ। पोहोर ६ महिनामा लघुवित्तले ४ करोड ७८ लाख नाफा गरेको थियो।
ब्याज आम्दानीसँगै असुली सुधार भइ प्रोभिजनिङ घट्दा लघुवित्तको नाफा बढेको हो। पुस मसान्तसम्म लघुवित्तले २ करोड ७६ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ।
पोहोर सोही अवधिसम्म लघुवित्तले १० करोड ५९ लाख रुपैयाँ प्रोभिजनिङ गरेको थियो। प्रोभिजनिङ घटाएर ब्याज आम्दानी बढाउँदा लघुवित्तको नाफा सुधार आएको हो। लघुवित्तको ब्याज आम्दानी २२.४७ प्रतिशतले बढेको छ।
लघुवित्तको खराब कर्जा पोहोर पुस मसान्तमा ४.२१ प्रतिशत रहेकामा अहिले ४.१० प्रतिशतमा झरेको छ।
लघुवित्तको प्रति सेयर आम्दानी ३८.२४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २००.३८ रुपैयाँ छ। लघुवित्तको वितरणयोग्य नाफा ८ करोड ७४ लाख रुपैयाँ छ।