होन्डा एक्टिभा ई भर्सेस सुजुकी एक्सेस स्कुटर : ब्याट्री, रेन्ज र फिचर यस्ता

बिजमाण्डू
२०८१ माघ १५ गते १४:५३ | Jan 28, 2025
होन्डा एक्टिभा ई भर्सेस सुजुकी एक्सेस स्कुटर : ब्याट्री, रेन्ज र फिचर यस्ता


काठमाडौं। पछिल्लो समय पुराना दुई पाङ्ग्रे सवारीसाधन कम्पनी पनि इलेक्ट्रिकतिर लागेका छन्।

Tata
GBIME
NLIC

होन्डाले भारतमा एक्टिभा ई र क्युसीआई १ ल्याएकामा सुजुकीले एक्सेस इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ। भारतीय इभी बजारमा यी दुई ब्रान्डका इलेक्ट्रिक स्कुटरको चर्चा भइरहँदा नेपाली ग्राहक ग्राहकहरु पर्खेर बसेको अवस्था छ।

होन्डाले एक्टिभा इलेक्ट्रिक स्कुटरमा धेरै उत्कृष्ट सुविधा प्रदान गरेको छ। यसमा १.५ किलोवाट आवर(युनिट) क्षमताका दुईवटा ब्याट्री छन्। स्कुटर ८० किलोमिटर प्रति घण्टाको गतिमा चलाउन सकिन्छ। ब्याट्रीले होन्डा एक्टिभा ई १०२ किलोमिटरसम्म चलाउन सकिन्छ।

सुजुकी एक्सेस इलेक्ट्रिक स्कुटर माघ पहिलो साता भारतको अटो एक्सपोमा सार्वजनिक गरिएको थियो। कम्पनीले स्कुटर छिट्टै बजारमा ल्याउने बताएको छ। यसमा ३.०७ किलोवाट आवर क्षमताको ब्याट्री छ। यसमा जडान गरिएको मोटरबाट ४.१ किलोवाटको पावर र १५ न्यूटन मिटरको टर्क उत्पादन हुन्छ। ब्याट्रीसँग होम चार्जिङ र पोर्टेबल चार्जरको विकल्प उपलब्ध छ, जसमार्फत ६.४२ घण्टामा चार्ज गर्न सकिन्छ।

स्कुटर फाष्ट चार्जरबाट ०-१०० प्रतिशतसम्म चार्ज गर्न २.१२ घण्टा लाग्छ। यसको टप स्पीड ७१ किलोमिटर प्रति घण्टा छ र यसलाई एक पटकको चार्जमा ९५ किलोमिटरसम्म चलाउन सकिन्छ।

अन्य फिचर

एक्टिभा इभीमा ३ वटा इकोन, स्ट्यान्डर्ड र स्पोर्ट ड्राभिङ मोड छन्। यसमा जडान गरिएको ब्याट्रीले ६ किलोवाटको पिक पावर र २२ एनएमको टर्क जेनेरेट गर्छ।

यसमा कम्पनीले ७ इन्चको स्क्रिन होन्डा रोड सिंग डुओ एप दिएको छ जसलाई ओटीए अपडेट, कल, सेवाका लागि प्रयोग गर्न सकिन्छ। यसबाहेक यसमा ठूलो सिट, स्मार्ट कि, युएसबी सी र हुक, स्मार्ट कनेक्टिभिटी, इनबिल्ट जीपीआरएस, डे एण्ड नाइट मोड, नेभिगेसन जस्ता सुविधा छन्।

सुजुकी एक्सेस इलेक्ट्रिक स्कुटरमा कम्पनीले इको, राइड ए र राइड बीका साथ ड्राइभिङका लागि रिभर्स मोड उपलब्ध गराएको छ।

यस्तै, साइड स्ट्यान्ड इन्टर-लक सिस्टम, टिप ओभर डिटेक्सन, कि-लेस सिस्टम, मल्टि फङ्सन स्टार्टर स्वीच, सुजुकी राइड कनेक्ट ई-एप, टीएफटी एलसीडी स्क्रिन, स्मार्टफोन कनेक्टिभिटी, नेभिगेसन, रियल टाइम ट्राफिक अपडेट जस्ता फिचर राखिएको छ।