
काठमाडौं। ऋण असुली प्रभावित भइ कर्जा नोक्सानी थपिंदा सामुदायिक लघुवित्तको नाफा ऋणात्मक हुन पुगेको छ। चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा लघुवित्तको खुद नाफा ऋणात्मक देखिएको हो।
पुस मसान्तमा लघुवित्तको नाफा १ करोड ८ लाख ६८ हजार ऋणात्मक देखिएको छ। पोहोर सोही अवधिमा लघुवित्त ३ करोड ९९ लाख ८९ हजार रुपैयाँ नोक्सानीमा थियो।
लघुवित्तको ब्याज आम्दानी बढेपनि कर्जा नोक्सानी बढ्दा नाफा ऋणात्मक भएको हो।
पुस मसन्तसम्म लघुवित्तले ८ करोड ९३ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ। पोहोर सोही अवधिमा लघुवित्तले ६ करोड २५ लाख रुपैयाँ प्रोभिजनिङ गरेको थियो।
लघुवित्तको खराब कर्जा १४.६५ प्रतिशतबाट ४.८९ प्रतिशतमा झरेको छ। प्रति सेयर आम्दानी १२.७३ रुपैयाँ ऋणात्मक छ। प्रति सेयर नेटवर्थ १०७.९१ रुपैयाँ छ।