विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ डिपल ई ०७ नेपालमा सार्वजनिक, ४ लाख घटाइयो मूल्य

बिजमाण्डू
२०८१ माघ १४ गते २०:१५ | Jan 27, 2025
विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ डिपल ई ०७ नेपालमा सार्वजनिक, ४ लाख घटाइयो मूल्य


काठमाडौं। चिनियाँ गाडी उत्पादक कम्पनी चाङ्गन डिपलको एसयुभीलाई पिकअप बनाउन मिल्ने विद्युतीय गाडी नेपाली बजारमा सार्वजनिक भएको छ।

Tata
GBIME
NLIC

नेपालका लागि ‘फ्युचरिस्टिक’ तथा ‘लक्जरियस’ इभी ब्रान्ड डिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले सोमबार विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ डिपल ई ०७ सार्वजनिक गरेको हो।

चाङ्गनको फ्लागसिप डिपल ई ०७ एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, चाङ्गन अटो एसिया प्यासिफिकका उपाध्यक्ष गुआन जिन र एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्तरूपमा सार्वजनिक गरे।

एमएडब्लु वृद्धिका अध्यक्ष अग्रवालले नेपालको इभी बजारमा डिपल एस-०७ र एल-०७ सफल भइसकेको दाबी गर्दै र डिपल ई ०७ विश्व अटोबजारमा झैं नेपालमा पनि स्थापित हुनेमा विश्वस्त रहेको बताए।

उनका अनुसार अहिलेसम्म डिपलका ग्राहक ७५० पुगेका छन्। ‘ग्राहकको सन्तुष्टिका लागि एमएडब्लूले हरसम्भव काम गरिसकेको छ। अहिले देशका ९० भन्दा बढी स्थानमा एमएडब्लूका चार्जिंङ स्टेसन छन् जुन नेपालमा कुनैपनि गाडि बिक्रेता कम्पनीको सबैभन्दा ठूलो सञ्जाल हो,’ उनले भने।

चाङ्गन अटो एसिया प्यासिफिकका उपाध्यक्ष गुआन जिनले चाङ्गन र डिपलले नेपालमा एकदम राम्रो प्रदर्शन गरिरहेको बताए।

एसयूभीलाई पिकअप बनाउन मिल्ने

डिपल ई ०७ एसयूभी एउटा बटन थिच्ने बित्तिकै पिकअप ट्रकमा परिणत हुन्छ।

एसयूभी, पिकअप, क्याम्पिङ र आरभी (रिक्रिएसनल भेहिकल)सहित चार फरक प्रयोजनका लागि प्रयोग गर्न सकिने ई ०७ ले लक्जरियस र इन्टिलेजेन्ट एडभेन्चरमार्फत आफूलाई ‘फ्युचरिस्टिक मार्भेल’का रुपमा स्थापित गर्ने कम्पनीले जनाएको छ।

फिचर र स्पेसिफिकेसन

डिपल ई ०७ ‘रियरह्विल ड्राइभ’ र ‘अलह्विल ड्राइभ’मा उपलब्ध छ। ‘रियरह्विल ड्राइभ भेरियन्ट’मा १९० किलोवाटको मोटर छ जसले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्नेछ।

यसमा ८९.९ किलोवाट आवरको ब्याट्री छ जसले ५६६ किलोमिटरको सिंगल चार्ज रेन्ज दिने कम्पनीले जनाएको छ।

त्यसैगरी, अलह्विल ड्राइभ भेरियन्टले ४४० किलोवाट पावर र ६४५ एनएम टर्क उत्पन्न गर्छ। २४० किलोवाट आवरसम्मको फास्ट डीसी चार्जमा जोड्न सकिने यो इभी लामो यात्राका लागि तुरुन्त रिचार्ज गर्न सक्ने खालको छ।

ई ०७ को ‘एरोडाइनामिक्स डिजाइन’को ‘ड्रयाग कोफिसेन्ट’ ०.२३७ सीडी छ जसले यात्रा आरामदायी बनाउँछ।

५ मिटर लामो डिपल ई ०७ को ह्विलबेस ३१२० एमएम छ जसले यसलाई ‘विशेष’ बनाएको छ। यसमा ‘स्टाइलिस स्टार रिंग इन्टिग्रेटेड हेडलाइट’, ‘स्लाइडिंङ रियर डोम डिजाइन’ र ठूलो ‘मल्टिफंक्सन रुफ र्‍याक’ रहेको छ जसले ३०० केजीसम्मको ‘लोड’ उठाउन सक्छ।

स्मार्ट यात्राका लागि ‘इन्टेलिजेन्ट’ प्रविधि

डिपल ई ०७ मा प्रयोग गरिएको ‘सुपर ब्रेन सेन्ट्रल कम्प्युटिङ प्लेटफर्म’ले ‘सिमलेस कन्ट्रोल’ र ‘रियलटाइम रेस्पोन्स’ दिन्छ।

यसमा २८.८६ इन्टको ‘अग्मेन्टेड रियारिटी हेडअप डिस्प्ले’ र १५.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ प्रयोग गरिएको छ जसले ‘ड्राइभिङ एक्सपिरियन्स’ राम्रो बनाउने मात्र होइन सुरक्षित पनि बनाउँछ।

सहज यात्रा र सुरक्षाका लागि यसमा ५ प्रकारका ‘क्र्युज असिस्ट’, ४ वटा ‘पार्किङ असिस्ट’ फिचर, १४ ‘सेफ्टी प्रोटेक्सन सिस्टम’, ५ एमएमको ‘वेब राडार’, ५ वटा क्यामेरा र १२ वटा ‘अल्ट्रासोनिक राडार’ प्रयोग गरिएको छ।

साथै, यसमा ५४० डिग्रीको ‘सराउन्ड भ्यु’ र ‘सी२ सेन्ट्रल कम्प्युटिङ’ छ जसले ‘नेभिगेसन’ र पार्किङ लगायतलाई सहज बनाउँछ।

फ्युचरिस्टिक इन्जिनियरिङ

डिपल ई ०७ मा ‘गोल्डेन बेल जार सीटीभी इन्टिग्रेटेड ब्याट्री’ प्रयोग गरिएको छ जसले अत्यन्त चिसोमा पनि राम्रो ‘पर्फर्मेन्स’ दिने कम्पनीको भनाइ छ।

एडाप्टिभ आयल कुलिङ सिस्टम र अल्ट्रा–थिन सिलिकन मोटर कभरिङ’ले ब्याट्रीको इफिसेन्सी, रिलायबिलिटी र इनर्जी बचतमा मद्दत गर्छ। यसको युनिक सुपर पावर सेभिङ मोडले रेन्ज अझ बढाउँछ।

मूल्य

यसअघि एक करोड तीन लाख ९९ हजार रुपैयाँ तोकिएको ‘रियरह्विल ड्राइभ’ ई ०७ को सुरुवाती मूल्य केही समयका लागि ९९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ।

‘रियरह्विल’ ड्राइभ डिपल ई ०७ चाङ्गनका सोरुमहरुमा टेस्ट ड्राइभ तथा बुकिङका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ। डिपल ई ०७ सेतो, कालो, खरानी र हरियो गरी चार वटा रंगमा उपलब्ध छ।