क्रेष्ट माइक्रो लाइफको आइपीओ भोलिदेखि, पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका‍लाई

बिजमाण्डू
२०८१ माघ १४ गते १७:०९ | Jan 27, 2025

काठमाडौं। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले मंगलबारदेखि आइपीओ निष्कासन गर्ने भएको छ। इन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई आइपीओ निष्कासन गर्न लागेको हो।

Tata
GBIME
NLIC

कम्पनीले वैदेशिक रोजगारीमा गएकाहरुलाई २ लाख २५ हजार कित्ता सेयर छुट्याएको छ। अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँका दरले माघ १५ देखि २९ गतेसम्म आवेदन दिन पाइने इन्स्योरेन्सले जनाएको छ।

कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल २२ करोड ५० लाख रुपैयाँको आइपीओ निष्कासन गर्दैछ। इन्स्योरेन्सले दोस्रो चरणमा सर्वसाधारणलाई आइपीओ बिक्री गर्नेछ।

सेबोनबाट माघ ३ गते अनुमति पाएपछि कम्पनीले आइपीओ निष्कासन अघि बढाएको हो। नेपाल बीमा प्राधिकरणबाट २०७९ मंसिरमा लाइसेन्स पाएको कम्पनीले गत वर्षदेखि व्यवसाय गर्दै आएको छ।