
काठमाडौं। स्रोत नखुलेको करिब ४० लाख रुपैयाँसहित काठमाडौंको इन्द्रचोकबाट एक जना पक्राउ परेका छन्।
स्रोत नखुलेको ३९ लाख ७८ हजार रूपैयाँसहित प्रहरीले चितवनको भरतपुर महानगरपालिका-१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरेको हो।
आफ्नो इन्टेलिजेन्स शाखाबाट खटिएको टोलीले पक्राउ गरेका श्रेष्ठमाथि आवश्यक अनुसन्धान गरिरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।