बीवाइडीको एक्सचेन्ज मेला : पुराना जुनसुकै गाडीसँग बीवाइडीका नयाँ गाडी साट्न पाइने सुविधा

बिजमाण्डू
२०८१ माघ १२ गते १३:१४ | Jan 25, 2025
बीवाइडीको एक्सचेन्ज मेला : पुराना जुनसुकै गाडीसँग बीवाइडीका नयाँ गाडी साट्न पाइने सुविधा


काठमाडौं। नेपालका लागि बीवाइडीका गाडी बिक्रेता साइमेक्स इन्कले गाडी एक्सचेन्ज मेला आयोजना गरेको छ। पुराना जुनसुकै गाडीसँग बीवाइडीका नयाँ गाडी साट्ने सकिने मेला बिहीबारदेखि देशभर सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

Tata
GBIME
NLIC

कम्पनीले काठमाडौंको टंगालस्थित आम्रपालीमा विशेष एक्सचेञ्ज मेला आयोजना गरेको छ। सँगै यस्तै अफरसहितको एक्सचेन्ज मेला देशका प्रमुख सहरहरुमा सञ्चालन गरिएको कम्पनीले जनाएको छ। एक्सचेन्ज मेला काठमाडौं उपत्यकाका पाँच स्थानसहित बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, वीरगंज, पोखरा, बनेपा, नेपालगन्ज र नारायणघाटमा भइरहेका छन्।

यो मेला भोलि (आइतबार)सम्म मात्रै चल्ने कम्पनीले जनाएको छ। मेलामा ग्राहकले आफूसँग भएका जुनसुकै ब्रान्डका पुराना गाडी मूल्यांकन गराएर बीवाइडीको ब्रान्ड न्यु इभीसँग साट्न सक्नेछन्।

एक्सचेन्ज गर्दा ग्राहकलाई उत्कृष्ट मूल्यांकनका साथै एक्सचेन्ज बोनस, लोयल्टी बोनस, नि:शुल्क प्रिमियम एसेसोरिज र नि:शुल्क चार्जर जडानको सुविधा दिइएको साइमेक्सले उल्लेख गरेको छ। ग्राहकले आफ्नो पुरानो गाडी बीवाइडीको एट्टो ३, डल्फिन र एम६ सँग एक्सचेन्ज गर्न सक्ने जनाइएको छ।