राष्ट्रिय वाणिज्य बैंकलाई ‘क्यापिटल रिस्ट्रक्चर’ गर्न गर्भनर महाप्रसाद अधिकारीको सुझाव

बिजमाण्डू
२०८१ माघ १० गते १६:१४ | Jan 23, 2025
राष्ट्रिय वाणिज्य बैंकलाई ‘क्यापिटल रिस्ट्रक्चर’ गर्न गर्भनर महाप्रसाद अधिकारीको सुझाव


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रिय वाणिज्य बैंकको व्यवस्थापनलाई पुँजीको आकार परिवर्तन (क्यापिटल रिस्ट्रक्चर ) गर्ने गरि अघि बढे राष्ट्र बैंक र सरकारले सहयोग गर्ने बताएका छन्।

Tata
GBIME
NLIC

राष्ट्रिय वाणिज्य बैंकको ६० ‌औं वार्षिकोत्सव कार्यक्रममा गभर्नर अधिकारीले बैंकको पुँजी कम भएको औल्याउँदै ‘क्यापिटल रिस्ट्रक्चर’ गर्न सुझाएका हुन्।

‘सरकारी बैंकहरुलाई विगतमा रिफर्म गरि क्यापिटलाइज गरेपछि निकै राम्रो भएका छन्। कर्जा लगानी कल्चर होस वा कर्मचारीको मानसिकता हेर्दा होस्, व्यापक सुधार भएको छ,’ उनले भने,’ यो सुधारलाइ निरन्तरता दिनु पर्छ। अहिले कहिँ कतै ब्रेक हुन थालेको हो कि भन्ने देखिन्छ। केहि तथ्यांकले त्यसलाई देखाएको छ। क्यापिटल कम छ। पुँजीको आकार परिवर्तनको लागि बोर्ड र व्यवस्थापन अगाडि बढे राष्ट्र बैंक र सरकारले सहयोग गर्छ।’

बैंकको ‘बिजनेस ग्रोथ’ यसअघि जुन गतिमा भइरहेको थियो त्यो रोकिन नहुने मान्यता राष्ट्र बैंकको रहेको अधिकारीले बताएका छन्। साथै, आर्थिक गतिविधि कम भएको बेलामा कुनै संस्थाहरुको अवस्थामा तलमाथि हुनुलाई स्वभाविकरुपमा लिनुपर्ने उनको भनाइ थियो।

‘बैंक तथा वित्तीय संस्थाहरुमा आउने उतावचढाव सामान्य हो। आर्थिक गतिविधि कम भएको बेलामा कुनै संस्थाहरुको अवस्थामा तलमाथि हुनुलाई स्वभाविक रुपमा लिनुपर्छ,’ उनले भने,’प्रोभिजनिङ प्रस्तत रुपमा भएको छ। नेट एनपीए नराम्रो स्थिति छैन। त्यसकारण सामान्य उतावचढावलाई लिएर संस्थाहरु डुब्न लागे भन्ने अफवाह मात्रै हुन्।’

बैंक तथा वित्तीय संस्थाहरु संस्थागत सुसाशनको कमी भएर समस्या परे त्यसलाइ राष्ट्र बैंकले कारवाही गर्ने चेतावनी अधिकारीले त्यसक्रममा दिए।

कुनै प्राविधिक कारणले संस्था समस्यामा परे त्यसको व्यवस्थापन गर्ने गरिएको उल्लेख गर्दै उनले निक्षेपकर्ताको निक्षेप घाटा हुने र डुब्न नदिने कुरामा सुनिश्चित भएर बस्नुपर्ने उनको मत थियो।