अग्नि ग्रुपले प्युजो ब्रान्डको स्कुटर ल्याउँदै, अधिकतम खुद्रा मूल्य सार्वजनिक

बिजमाण्डू
२०८१ माघ १० गते १२:०५ | Jan 23, 2025
अग्नि ग्रुपले प्युजो ब्रान्डको स्कुटर ल्याउँदै, अधिकतम खुद्रा मूल्य सार्वजनिक


काठमाडौं। महिन्द्राको गाडी र यज्दी तथा जावाका बाइक बिक्री गर्दै आइरहेको अग्नि ग्रुपले प्युजो ब्रान्डको स्कुटर ल्याउने भएको छ। कम्पनीले‍ अग्नि मोटोइंकमार्फत स्कुटर नेपाल ल्याउन लागको हो।

Tata
GBIME
NLIC

अग्नि मोटोइंकले बिहीबार भन्सार पास गर्नका लागि स्कुटरको अधिकतम खुद्रा मूल्य सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको एमआरपी मूल्य डीजंग्यो भेरियन्टको ५ लाख ७१ हजार र स्पिड फाइट फोरको ६ लाख ३२ हजार रुपैयाँ छ।

कम्पनीले ल्याउन लागेको स्कुटरमा १२५ र १५० सीसी क्षमताको इन्जिन छ। स्कुटर बिक्रीका लागि ल्याउन केही समय लाग्ने कम्पनीले जनाएको छ।