डिसहोमले ल्यायो इन्टरनेट ग्राहकका लागि अफर, ३ महिनाको बोनससहित नि:शुल्क राउटर

बिजमाण्डू
२०८१ माघ ९ गते १४:०७ | Jan 22, 2025
डिसहोमले ल्यायो इन्टरनेट ग्राहकका लागि अफर, ३ महिनाको बोनससहित नि:शुल्क राउटर


काठमाडौं । डिसहोमले इन्टरनेट ग्राहकहरूलाई लक्षित गर्दै वार्षिक ईन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ।

Tata
GBIME
NLIC

कम्पनीले सबै इन्टरनेट प्याकेजहरूमा थप ३ महिनाको बोनस सहित नि:शुल्क राउटरको अफर ल्याएको हो। नयाँ तथा पुराना ग्राहकहरुले यो अफर प्रयोग गर्न सक्नेछन्।

पुराना ग्राहकहरूले आफ्नो वार्षिक प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले वार्षिक इन्टरनेट जडान गर्दा यो अफरको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।

नयाँ सेवा जडान गर्न चाहने वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकहरूले आफ्नै नजिकको डिसहोमको अधिकारिक
डिलरसँग सम्पर्क गरेर पनि यो अफर उपयोग गर्न पाउनेछन्।