सेयर बजारमा झिनो सुधार, नेप्से १.८३ अंकले बढ्दा ५ अर्ब ८२ करोड रुपैयाँको कारोबार

बिजमाण्डू
२०८१ माघ २ गते १५:१४ | Jan 15, 2025
सेयर बजारमा झिनो सुधार, नेप्से १.८३ अंकले बढ्दा ५ अर्ब ८२ करोड रुपैयाँको कारोबार


काठमाडौं। सेयर बजारमा बुधबार झिनो सुधार भएको छ। नेप्से परिसूचक १.८३ अंकले बढेर २५९५.९६ विन्दु कायम भएको छ।

Tata
GBIME
NLIC

१२४ कम्पनीका लगानीकर्ताले कमाउँदा डोल्टी पावर कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको छ। १०८ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। सबैभन्दा धेरै गुमाउनेमा ङादी हाइड्रोपावरका लगानीकर्ता छन्। यो कम्पनीको सेयर मूल्यमा नेगेटेभ सर्किट लागेको छ।

राष्ट्र बैंकले आफ्नो सूक्ष्म अध्ययनबाट वित्तीय अवस्था खराब पाइएपछि शिघ्र कारबाही अगाडि बढाएका पोखरा र जानकी फाइनान्सको सेयर मूल्य घट्दा नारायणी डेभलपमेन्ट बैंकको सेयर भने ६.९८ प्रतिशत अर्थात प्रति कित्ता ७५ रुपैयाँ बढेर ११५० रुपैयाँ पुगेको छ।

बजारमा ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँको सेयर किनबेच भएको छ।