सेयर बजारमा गिरावट, नेप्से ७.३३ अंक घट्दा ५ अर्ब ९३ करोड रुपैयाँको कारोबार

बिजमाण्डू
२०८१ माघ ३ गते १५:१९ | Jan 16, 2025
सेयर बजारमा गिरावट, नेप्से ७.३३ अंक घट्दा ५ अर्ब ९३ करोड रुपैयाँको कारोबार


काठमाडौं। सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक बिहीबार ७.३३ अंकले ओरालो लागेर २५८८.६२ विन्दु कायम भएको छ।

Tata
GBIME
NLIC

हाइड्रोपावर, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, ट्रेडिङ र अन्य बाहेकका उपसमूहले बजार घटाएका हुन्। फाइनान्सको सूचक सर्वाधिक ५.१९ प्रतिशतले ओरालो लागेको छ। १५ वटै फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

बजारमा १५२ कम्पनीको सेयर भाउ घटेको छ। पोखरा फाइनान्सको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।

८८ कम्पनीका लगानीकर्ताले कमाएका छन्। ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

बोटलर्स नेपाल बालाजु, विन नेपाल लघुवित्त, मन्दाकिनी हाइड्रोपावर र अपर हेवाखोलाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

५ अर्ब ९३ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार हुँदा सिन्धु विकास बैंकको सर्वाधिक २८ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २१ करोड १८ लाख, सानिमा मिडल तमोरको १४ करोड ४२ लाख, जानकी फाइनान्सको १३ करोड ३३ लाख र नेपाल फाइनान्सको १३ करोड २५ लाख रुपैयाँको सेयर किनबेच भएको छ।