
काठमाडौं। काठमाडौंको पेप्सीकोला क्षेत्रबाट प्रहरीले रक्तचन्दन बरामद गरेको छ। मंगलबार कोठामा स्टोर गरेको अवस्थामा रक्तचन्दन बरामद गरेको प्रहरीले जानकारी दिएको छ।
बरामद भएको रक्तचन्दनको तौल ४ सय ६२ किलो रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए।
प्रहरीले रक्तचन्दन कारोबार गरेको अभियोगमा २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। नेपाललाई ट्रान्जिट बनाएर चीनतर्फ रक्तचन्द तस्करी हुने गरेको छ।
तर पछिल्ला वर्षमा नेपालमा रक्तचन्दको तस्करी भएका घटना कमै सुनिदै आएका छन्।