BIZMANDU
www.bizmandu.com

पेप्सीकोलाबाट ४६२ किलो रक्तचन्दन बरामद, २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान हुँदै

२०८१ माघ २

पेप्सीकोलाबाट ४६२ किलो रक्तचन्दन बरामद, २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान हुँदै
पेप्सीकोलाबाट ४६२ किलो रक्तचन्दन बरामद, २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान हुँदै


काठमाडौं। काठमाडौंको पेप्सीकोला क्षेत्रबाट प्रहरीले रक्तचन्दन बरामद गरेको छ। मंगलबार कोठामा स्टोर गरेको अवस्थामा रक्तचन्दन बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

Tata
GBIME
NLIC

बरामद भएको रक्तचन्दनको तौल ४ सय ६२ किलो रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए।

प्रहरीले रक्तचन्दन कारोबार गरेको अभियोगमा २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। नेपाललाई ट्रान्जिट बनाएर चीनतर्फ रक्तचन्द तस्करी हुने गरेको छ।

तर पछिल्ला वर्षमा नेपालमा रक्तचन्दको तस्करी भएका घटना कमै सुनिदै आएका छन्।