कालिगण्डकी मर्मतका लागि १२ दिन बन्द गरिने, भरतपुर पश्चिमका क्षेत्रमा लोडसेडिङ हुने

बिजमाण्डू
२०७५ असोज ५ गते १६:५६ | Sep 21, 2018
कालिगण्डकी मर्मतका लागि १२ दिन बन्द गरिने, भरतपुर पश्चिमका क्षेत्रमा लोडसेडिङ हुने



काठमाडौं। १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत आयोजना मर्मतका लागि १२ दिन बन्द गरिने भएको छ।

Vigo
GBIME
Tata

नेपाल विद्युत प्राधिकरणका अनुसार असोज ७ गते देखि ११ गते सम्म र कात्तिक ६ गते देखि १२ गते सम्म कालीगण्डकीबाट विद्युत उत्पादन बन्द हुनेछ।यो आयोजना बन्द हुँदा भरतपुर र भरतपुरबाट पश्चिमतर्फ लोडसेडिङ हुनेछ।

भरतपुर पश्चिममा १३२ केभी सवस्टेशनबाट विद्युत आपूर्ति भइरहेका घरायसी तथा औद्योगिक क्षेत्रमा आयोजनाको मर्मत सम्भार नसकिएसम्म लोडसेडिङ हुनेछ।दुवै समयमा भरतपुर चितवन पश्चिमका १३२ केभी सवस्टेशनबाट विद्युत आपूर्ति हुने सबै जसो ठाउँमा लोडसेडिङ हुनेछ।