हेलिकोप्टर उडानमा अवरोध गर्नेप्रति प्रशासन कठोर, कारबाहीको चेतावनीले पछि हट्यो निकुञ्ज

बिजमाण्डू
२०८१ पुष २३ गते १९:३९ | Jan 7, 2025
हेलिकोप्टर उडानमा अवरोध गर्नेप्रति प्रशासन कठोर, कारबाहीको चेतावनीले पछि हट्यो निकुञ्ज


काठमाडौं। हेलिकोप्टर उडानमा अवरोध गर्नेप्रति सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयले कारबाहीको चेतावनी दिएको छ। प्रशासनको चेतावनीपछि सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय पछि हट्न बाध्य भएको छ।

Tata
GBIME
NLIC

कार्यालयले वन, वातावरण तथा वन्यजन्तुको सुरक्षामा चुनौती थपिएको, मानव वस्तीमा ध्वनि प्रदूषण भएको, आपराधिक क्रियाकलाप हुनसक्ने सम्भावना रहेको र खुम्बु क्षेत्रको व्यापार व्यवसायमा नकारात्मक असर परेको कारण देखाएर निकुञ्जको कोर तथा मध्यवर्ती क्षेत्रमा व्यावसायिक प्रयोजनका लागि एक सातादेखि हेलिकोप्टर उडानमा अवरोध गरेको थियो।

प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले हेलिकोप्टर अवतरणमा अवरोध गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनीपछि निकुञ्ज कार्यालय उडान गर्न दिन सहमत भएको बताए।

‘हेलिप्याडमा निकुञ्ज कार्यालय र स्थानीयले अवरोध गरेको जानकारी आएपछि हामीले कारबाही गर्ने चेतावनी दिएका छौं। त्यसपछि निकुञ्ज कार्यालय तोकिएको शुल्क तिरेर हेलिकोप्टरलाई निर्वाध उडान गर्न दिन तयार भएको छ,’ उनले भने।

वायुसेवा सञ्चालक संघले हेलिप्याडमा झण्डा गाडेर हेलिकोप्टर अवतरणमा अवरोध खडा गरिएको भन्दै सुरक्षाको प्रत्याभूति नभएसम्म खुम्बु क्षेत्रमा व्यावसायिक उडान नगर्ने निर्णय गरेको थियो।

निकुञ्ज कार्यालयले मंगलबार सूचना जारी गरी तोकिएको राजस्व बुझाइ हेलिकप्टर उडान/अवतरण/होभरिङ गर्न/गराउन दिने बताएको छ।