दिगो कृषिको प्रवर्धनमा नेपाल डिस्टलरीज, कृषक सशक्तिकरण कार्यक्रम संचालन

बिजमाण्डू
२०८१ पुष २२ गते ११:०१ | Jan 6, 2025
दिगो कृषिको प्रवर्धनमा नेपाल डिस्टलरीज, कृषक सशक्तिकरण कार्यक्रम संचालन


काठमाडौं । नेपाल डिस्टिलरीज प्रा. लि. (एनडीपीएल)ले उखु किसानहरुको सशक्तिकरणका लागि क्षमता अभिवृद्धि तालिम आयोजना गरेको छ। यो कार्यक्रम मार्फत कम्पनीले दिगो विकास प्रतिको आफ्नो प्रतिबद्धता प्रदर्शन गर्न निरन्तर क्रियाशील रहेको जनाएको छ।

Tata
GBIME
NLIC

गरिबी न्यूनीकरण र आर्थिक वृद्धिमा कृषिको महत्त्वपूर्ण भूमिकालाई आत्मसात गर्दै एनडीपीएल आफ्नो सेवाक्षेत्र भित्रका
समुदायहरूमा कृषि प्रविधिको ज्ञान विस्तार र प्रयोगमा अभ्यस्त बनाउन क्रियाशील रहेको जनाइएको छ।

किसानहरुलाई उत्पादकत्व र लचिलोपन सुधार गर्न दिगो कृषि प्रविधिहरूको ज्ञानको विकास गर्ने उद्देश्यले २०८१ मंसिर १०
र ११ गते एनडीपीएलले विराटनगर र सर्लाहीको लालवन्दीमा क्षमता अभिवृद्धि तालिम कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा सहभागीहरुले स्थानीय कृषकहरूका समस्या तथा चुनौतीहरू सामना गर्न आवश्यक सहयोग एवं यस प्रकारका
क्षमता अभिवृद्धि तालिम प्रभावकारी हुनेतर्फ जोड दिएका थिए।

तालिममा सहभागी ८० जना कृषकहरूलाई कृषि उत्पादकत्व र लचिलोपन सुधार गर्न आवश्यक सीप र ज्ञान हासिल गर्ने
अपेक्षा राखिएको कम्पनीले जनाएको छ। यस कार्यक्रमले दिगो खाद्य उत्पादन प्रणाली र लचिलो कृषि प्रविधिहरूमा जोड दिँदै किसानहरूलाई वातावरणीय रूपमा स्वस्थ र जलवायुमैत्री अभ्यासहरू अपनाउन सशक्त बनाएको कम्पनीले जनाएको छ।

यस पहलले एनडीपीएलको स्थानीय समुदायहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन र दिगो विकासप्रतिको प्रतिबद्धताबारे चेतना बढाउन भूमिका खेल्ने विश्वास कम्पनीको छ। यस्ता कार्यक्रम मार्फत एनडीपीएलले सुधारिएको कृषि अभ्यासलाई प्रवर्धन गर्ने, आय वृद्धि गर्ने र सामुदायिक लचिलोपनलाई सुदृढ बनाउने लक्ष्य राखेको जनाइएको छ।