
काठमाडौं। सूर्यदर्शन सहकारी ठगी प्रकरणका प्रतिवादीमध्ये लिला पछाईं र विश्व विक्रम राई क्रिप्टो कारोबारमा पनि संलग्न भएको अनुसन्धानबाट खुलेको छ। उनीहरूविरुद्ध नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार पनि मुद्दा चलाइएको हो।
पछाईंले सम्पत्ति आमा राधा र दिदी गीताको नाममा राखेको पाइएको दाबी गरिएको छ। त्यसैले राधा र गीतालाई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ।
त्यस्तै, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई पनि सूर्यदर्शन सहकारी ठगीमा प्रतिवादी बनाइएको छ। उनलाई यसअघि रुपन्देहीको सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा प्रतिवादी बनाएको थियो।