महोत्तरीको साढामा लुटेरा समूह सक्रिय : घरभित्र पसेर लुटपाट, घरधनीको हत्या

बिजमाण्डू
२०८१ पुष ६ गते ११:२४ | Dec 21, 2024
महोत्तरीको साढामा लुटेरा समूह सक्रिय : घरभित्र पसेर लुटपाट, घरधनीको हत्या


काठमाडौं । महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिका–४ साढा गाउँमा आज बिहान लुटेराहरूको एक समूहले घरधनीको हत्या गरी लाखौंको लुटपाट गरेका छन्।

Tata
GBIME
NLIC

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार स्थानीय ७० वर्षीय सुशील झाको घरमा आज बिहान ४ बजे लुटेराको समूह पसेर निज घरधनी झालाई कुटपिट गरेर हत्या गरि लाखौंको लुटपाट गरेका छन्।

घरमा पत्नीसँग मात्रै बस्दै आएका घरधनी सुशीललाई सात-आठ जनाको समूहमा आएका नकाबधारी लुटेराको समूहले आक्रमण गरि हत्या गरेको र घरबाट सुनको मङ्गलसुत्र एक थान, सुनको औँठी एक थान र ८० हजार नगद लुटेर लगेको प्रहरी नायब उपरीक्षक जैसवारले बताए।

झाकी पत्नी सामान्य घाइते भएको जनाइएको छ। अन्य के कति सरसामान लुटपाट गरेको बारेमा प्रहरी टोली घटनास्थलमा पुगेर खोजबिन गर्दैछ। रासस